अनमोल र जसिताको केमिष्ट्री झल्काउने ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ रिलिज

अनमोल र जसिताको केमिष्ट्री झल्काउने ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ रिलिज

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज ३१ ग्तेबाट प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ रिलिज भएको छ । काली प्रसाद बास्कोटाको शब्द रचना तथा संगीत रहेको तामाङ सेलो फ्‌लेवरमा तयार पारिएको गीतमा संगीतकार बास्कोटा र सोमिया बराइलीको स्वर छ ।

सिनेमाको सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा र केदार घिमिरे (माग्ने बुढा) लाई प्रस्तुत गरिएको छ । दुलिप रेग्मीले खिचेको गीतको भिडियोमा किरण थापामो कोरियोग्राफी हेर्न सकिन्छ । निमेष श्रेष्ठको सम्पादन र कपिल पराजुलीको कलर रहेको गीतले दर्शकमाझ उत्साह थप्न सफल हुने देखिन्छ ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसहित जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भुमिका निभाएकी छन् ।

अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको सिनेमाको कथा हेमराज बिसीको हो । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।

सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।