सिनेमा ‘मैझारो’को ट्रेलर रिलिज

सिनेमा ‘मैझारो’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मैझारो’को ट्रेलर रिलिज भएको छ।

तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा सिनेमाका मुख्य कलाकार धिरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् । जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन् ।

निर्देशक राईकै कथा रहेको यो सिनेमामा पुर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो ।

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमाका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले  संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ ।

सिनेमा तिहारको भाइटीका अर्थात कातिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।