‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ सिनेमा ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर लन्च गरिएको हो ।

सार्वजनिक ट्रेलरले  नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।

सिनेमको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् । नेपाली सिनेमामा अभिनयका भीष्मपितामाका रूपमा चिर परिचित निर शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो सिनेमालाई विशेष चासोको  प्रतिक्षा गरिएको

‘परान’ सिनेमालाई  डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । आचार्यकै कथा रहेको सिनेमाको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो ।

सिनेमामा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।