द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसर पारेर निर्माण टिमले सिनेमा टिजर सार्वजनिक गरेको हो ।
देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ । सिनेमामा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ।
विजय केरुङको निर्देशनमा बनेको यो सिनेमामा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमाका निर्देशक विजय केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पुर्याउन खोजिएको बताए । शिवम अधिकारीको लेखनमा बनेको सिनेमामा एसडी योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।


प्रतिक्रिया