द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धनको’ ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट १३ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक सिनेमाको ट्रेलरमा बाल्यकालमा सडकमा गीत गाएर चर्चामा आएका अशोक दर्जीको हालसम्मको संघर्षलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ । आगामी कार्तिक २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको ट्रेलरले दर्शकमाझ सिनेमाप्रति दर्शकको उत्साह पैदा गर्न सफल देखिन्छ ।
सिनेमाको ट्यागलाइन ‘कथा जिरोदेखि हिरोसम्म’को राखिएको छ । सिनेमामा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारीको अभिनय रहेको छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा टंक बुढाथोकीको कथा तथा संगीत, शिवम् अधिकारीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन छ । बिष्णु माया मैनाली निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा सपना शर्मा छिन् ।


प्रतिक्रिया