द सिनेमा टाइम्स, काठमाडौं । पौष १७ गते अंग्रेजी नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने प्रदीप खड्का अभिनित सिनेमा ‘एक्लो-१’ टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिब सिनेमाको १ मिनेट ८ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुको बारेमा चित्रण गरेको छ ।
सार्वजनिक टिजरमा सिनेमाका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह ठकुरी, कविता नेपाली, एवन राज उप्रेती र बेलायती अभिनेता जेमी बेकन देखिएका छन् । साइन्स फिक्सन जनरामा निर्माण भएको सिनेमामा अभिनेता प्रदीप खड्का योद्धाको भूमिकामा प्रस्तुत छन् । यसले उनको पात्र शक्तिशाली रहेको बुझाउँछ ।
‘एक्लो’मा दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको पनि अभिनय रहेको छ । करिब २ महिनादेखि सिनेमाको बेलायतमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । गत मेमा भएको विश्वविख्यात कान्स फेस्टिभलमा स्टल नै राखेर सिनेमाको प्रचार गरिएको थियो ।
यो सिनेमाका निर्माताहरुमा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । सिनेमाको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसमा रुपेश गुरुङको सम्पादन तथा राजु तामाङको द्वन्द्व निर्देशन छ ।


प्रतिक्रिया