प्रभात, श्री शिभान्सी र स्मारिकाको ‘मुगलान’ टिजर सार्वजनिक

प्रभात, श्री शिभान्सी र स्मारिकाको ‘मुगलान’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको ३९ सेकेण्डको टिजरमा आर्थिक अभावमा एक युवा परिवारलाई सुखमा राख्न मजदुरीका लागि भारत पाएपछि सास्ती र साहुले गरेको अत्यचारको कथालाई भन्छ ।

परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई टिजरमा उतारिएको छ । ‘मुगलान’ले युवाहको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ । सिनेमामा प्रभात पाल ठकुरी, स्मारिका ढकाल श्री शिभान्सी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खड्क बहादुर पुन (खबप), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलाको अभिनय छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको निर्माता गोमन सिंह तथा को-प्रोड्युसरमा रिता चौधरी छन् । तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो सिनेमामा रिदम कँडेलको बिजिएम, देवेन्द्र कुँवरको कोरियोग्राफी र अजय रेग्मीको डिओपीछ ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा किरण भुषालको संगीत, शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)को स्वर, आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी)को शब्द रचना रहेको छ । सिनेमाको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।