द सिनेमा टाइम्स, काठमाडौं । शुक्रबारबाट रिलिज भएको सिनेमा ‘जारी २’को ‘डाइरेक्टर्स कट’ तयार भएको छ । ‘डाइरेक्टर्स कट’ आज सेन्सर समेत भइसकेको छ । केन्द्रीय जाँच पास समितिले ‘डाइरेक्टर्स कट’ आज सेन्सर गरेर पास गरेको हो ।
‘डाइरेक्टर्स कट’मा करिब १४ मिनेट थप भएको छ । २ घण्टा २१ मिनेट मिनेट रनटाइम पुगेको छ । ‘डाइरेक्टर्स कट’ भोलि (मंगलबार) बाट प्रदर्शनमा आउनेछ ।
‘डाइरेक्टर्स कट’मा निर्देशकले आफूलाई मन लागेको केही सिन थपेर वा घटाएर तयार पार्छन् । यसमा मुल कथाको आसयमा परिवर्तन नहुने गरी केही जस्टिफाई गर्ने सिन थप्ने वा घटाउने गरिन्छ ।
यही ‘डाइरेक्टर्स कट’मार्फत निर्देशम उपेन्द्र शुब्बाले दर्शकलार्य थप चित्त बुझ्ने गरी सिनेमामा केही सिनेमा थपेका हुन् ।
‘हामीले ‘जारी २’को डाइरेक्टर्स कट निकालेका छौँ । दर्शक तथा शुभचिन्त र टिमकै केही साथीभाइको सुझाव अनुसार हामीले सिनेमालाई थप सुन्दर बनाउने प्रयास गरेका छौँ,’ निर्देशक सुब्बाले भने, ‘हामीसँग उपलब्ध फुटेजलाई आवश्यक ठाउँमा राखेर दर्शक र शुभचिन्तकको सुझाव अनुसार नयाँ कट निकालेका छौँ ।’
निर्देशक शुब्बाले ‘जारी २’को ‘डाइरेक्टर्स कट’लाई दर्शकले अझै धेरै मनपराउने विश्वास व्यक्त गरे । ‘हामीलाई दर्शकले शुक्रबार, शनिबार र आज पनि मन पराइदिनु भएको छ,’ उनले भने, ‘मंगलबार देखि दर्शकले खोजेजस्तै नयाँ कट निकालेका छौँ । यसलाई थप मनपराइदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
‘जारी २’ले आक्रामक ओपनिङ सुरु गरेको थियो । देशभर उपलब्ध शोज शुक्रबार र शनिबार हाउसफूल भएका थिए । यो सिनेमाले ठूलो संख्यामा शोज पाएको छ ।
शुक्रबारबाट रिलिज भएको सिनेमालाई दर्शकले उत्कृष्ट भनेका छन् । लिम्बू समुदायको संस्कृतिको जगमा बसेर प्रेम, परिवार र माओवादी द्वन्द्वको कथा भनेको सिनेमाको विषय र प्रस्तुतिको दर्शकले प्रशंसा गरिरहेका छन् ।
आक्रामक व्यापार गरेको सिनेमाले शुक्रबार र शनिबार कति ग्रसकलेक्सन ग¥यो निर्माणपक्षले औपचारिक जानकारी दिएको छैन ।
शनिबार बिदा भएकाले शुक्रबारभन्दा दोस्रो दिन स्वभाविक रूपमा बढी हुन्छ । ‘जारी’को ब्रान्ड भ्यालु, सिनेमाको हाइप, कलाकारको लाइनअप आदि कारणले यो सिनेमाले दुई दिनमा ठूलो मात्रामा कलेक्सन गरेको सहजै आँकलन गर्न सकिन्छ ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।


प्रतिक्रिया