द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’को छायांकन पुनः सुरु भएको छ । पाँच दिनको ब्रेकपछि सिनेमाको छायांकन पुनः सुरु भएको हो ।
असोज २७ गतेबाट छायांकन सुरु भएको सिनेमा हिमपात र लगातारको वर्षाका कारण रोकिएको थियो । हिमपात र वर्षाका कारण छायांकन गर्ने वातावरण नभएपछि सुटिङ युनिट मुस्ताङबाट काठमाडौं फर्किएको थियो ।
सोमबार मुस्ताङबाट पुन: सिनेमाको छायांकन सुरु भएको हो ।
छायांकनको सेड्युल ३५ दिन रहेको कार्यकारी निर्माता मणिराम पोखरेलले बताएका छन् । मुस्ताङपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ ।
सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरिरहेका छन् । उनी निर्माता पनि हुन् । कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपीन कार्की र मिस यूके नेपाल-२०१७ सिर्जना गुरुङ छन् । विपीन र सिर्जना यो सिरिजमा प्रवेश गर्ने नयाँ कलाकार हुन् । अरु सबै अघिल्ला सिरिजका कलाकार छन् ।
‘कबड्डी’का यसअघिका चारवटा सिरिज ब्लकबस्टर भएका थिए । सिनेमा कहिले रिलिज हुनेछ भन्ने निर्माणपक्षले जानकारी दिएको छैन ।


प्रतिक्रिया