म्युजिक नेपाल र नेपाल आइडलको सहकार्यमा ‘लैजाउ कि कतै मलाई’ सार्वजनिक

म्युजिक नेपाल र नेपाल आइडलको सहकार्यमा ‘लैजाउ कि कतै मलाई’ सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सरित राईको संगीत एवं अरेन्जमेन्टमा तयार भएको गीत ‘लैजाउ कि कतै मलाई’ सार्वजनिक भएको छ । लोक फ्युजन शैलीको लिरिकल गीतमा मिलन विश्वकर्मा, सलिना बीके र आशिष महरले आवाज दिएका हुन् । तीन जनाको सामूहिक स्वरमा सजिएको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीतलाई शैलेश गिरीले रचना गरेका हुन् ।

यो गीत ‘नेपाल आइडल सिजन ६’का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो । संगीतमा नेपालको अग्रिनी संस्था म्युजिक नेपालले ‘नेपाल आइडलको सिजन ६’का प्रतिभालाई अवसर दिने सम्झौताअनुरुप यो गीतको सृजना गरिएको हो । यो गीतमा स्वर दिने मिलन विश्वकर्मा ‘नेपाल आइडल सिजन ६’का प्रतिस्पर्धी हुन् ।

प्रस्तुत गीतको ध्वनि डिजाइन, मिक्सिङ र मास्टरिङ मुम्बईमा काम गर्दै आएका इन्जिनियर आर्यमान सार्कीले गरेका हुन् । गीतमा बाँसुरी, तन्मय मणि (पश्चिम बंगाल), सितार, शुभंकर हजारिका (असम) र गितार एलुहिन इयाजको रहेको छ ।

‘नेपाल आइडल सिजन ६’को उपाधि गंगा सोनामले जितेकी थिइन् । ‘लैजाउ कि कतै मलाई’ म्युजिक नेपालको आधिकारिक च्यानलहरूमा उपलब्ध छ ।