‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज, शनिबार गीत आउँदै

‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज, शनिबार गीत आउँदै


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । प्रतिक्षित सिनेमा पुस ४ मा रिलिज हुने तय भएको हो ।

सिनेमाको ‘फसायो लमीले’ बोलको गीत शनिबार बिहान रिलिज हुँदैछ । अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा अभिनेत्री दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार देखिनेछन् ।

अधिकारी र लामाको सिनेमामा अतिथि भूमिका हो । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, संगीत संयोजन रमेश परियारले गरेका छन् ।

मौसम हिमालीको नृत्य निर्देशन रहेको सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको सिनेमालाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।

यही सिनेमाका लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए । उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली लक्षणा राईलगायतको अभिनय रहेको छ ।

यही सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ ।

निर्देशक घिमिरेको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ ।

सिनेमाले सार्वजनिक गर्न लागेको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युब च्यानलबाट रिलिज हुनेछ ।