द सिनेमा टाइम्स, काठमाडौं । दक्षीण भारती सिनेमा ‘बाहुबली’ र ‘आरआरआर’ विश्वव्यापी चर्चामा आएका निर्देशक एसएस राजामौलीले शनिबार हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित एक कार्यक्रममा आफ्नो बहुप्रतिक्षित सिनेमाको शीर्षक सार्वजनिक गरेका छन् । यो सिनेमाको नाम ‘वाराणसी’ राखिएको छ ।
यो सिनेमाको मुख्य भूमिकामा तेलुगु सुपस्टार महेश बाबु, बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस र मल्यालम सुपरस्टार पृथ्वीराज सुकुमारनले अभिनय गरेका छन् । यो राजामौलीको महेश बाबुसँगको पहिलो सिनेमा हो । प्रियंका चोपडा पनि ‘द स्काई इज पिंक’ रिलिजको लामो समयपछि भारतीय सिनेमामा पुनरागमन गर्दैछिन् । यो सिनेमामा खलनायकको भूमिकामा सुकुमारन हुनेछन् ।
यो सिनेमा जनवरी २०२७ को संक्रान्तिमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । शनिबार सार्वजनिक सिनेमाको टिजरमा महेश बाबुलाई रगतले लतपतिएको साँढेमा सवार देखाइएको छ । त्यसपछि सार्वजनिक शीर्षकले दर्शकको ध्यान खिच्छ । यो हप्ताको सुरुमा प्रियंकाको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । जसमा उनी मंदाकिनीको भूमिका देखिनेछिन् ।
यो सिनेमाको टाइटल टिजर सार्वजनिक कार्यक्रममा लेखक विजयेन्द्र प्रसादले ‘वाराणसी’मा ३० मिनेटको एक्सन दृश्य रहेको बताए । ओस्कर विजेता संगीतकार एमएम कीरावानी संगीत रहने सिनेमाको बजेट १ हजार १ सय ८८ करोड रहेको बताइएको छ । वाराणसीमा छायांकन गरिएको सिनेमाको अहिलेसम्म केन्या, हैदराबाद र ओडिशामा ६० दिनसम्म छायांकन गरिएको थियो ।


प्रतिक्रिया