प्रभात र स्मारिका फिचर्ड ‘मुगलान’को गीत ‘पिन्टु पियारी’ सार्वजनिक

प्रभात र स्मारिका फिचर्ड ‘मुगलान’को गीत ‘पिन्टु पियारी’ सार्वजनिक

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुस १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’ गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको हो ।

डान्सिङ गीतमा सिनेमाका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । यो गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारको स्वर छ । गायक गिरीको नै संगीत र शब्द रचना रहेको गीतको एरेन्ज, मास्टरिङ तथा मिक्सिङ एचवीएन किस्मतले गरेका हुन् ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रभात र स्मारिकासहित श्री शिभान्सी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (खबपु), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सवीन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको सिनेमाका निर्माता गोमन सिंह तथा सह-निर्मातामा रिता चौधरी छन् । तारा थापा ‘किम्भे’को सम्पादन,ज य बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन, रिदम कँडेलको बिजीएम, देवेन्द्र कुँवरको कोरियोग्राफी र अजय रेग्मीको डिओपी छ ।