द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले हरेक हप्ताको सोमबार नियमित रुपमा हलमा प्रदर्शनरत सिनेमाको बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ । यसैको निरन्तरता स्वरुप सोमबार प्रदर्शनरत सिनेमा ‘जेरी अन टप’, ‘परान’, ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’को बक्सअफिस कलेक्सन सार्वजनिक गरेको हो ।
यतिबेला हलहरू प्रदर्शनरत चार नेपाली सिनेमामध्ये सबैभन्दा धेरै कमाई ‘जेरी अन टप’को देखिन्छ । यसले ३० दिनमा १२ करोड ७ लाखभन्दा माथिको ग्रस कलेक्सन गरेको छ । कमाइको मामलामा ‘परान’ दोस्रो स्थानमा छ । यसले गत शनिबारसम्म कुल ९ करोड ८६ लाख ९४ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ ।
आइतबारसम्म यो सिनेमाले १० करोडको आँकडा पार गरेको अनुमान गर्न सकिन्छ । अब ‘जेरी अन टप’को रेकर्ड तोड्न ‘परान’ दुई करोडले मात्र टाढा छ । सिनेमाको व्यापारिक रफ्तार अझै नघटेकाले १२ करोडको आँकडा सजिलै बक्सअफिस कलेक्सनमा ‘जेरी अन टप’को रकेर्डलाई ब्रेक गर्ने अनुमान गरिएको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी २’को कलेकसन ‘परान’पछि उच्च छ । यो सिनेमाले कात्तिक २९ गतेसम्म ४ करोड ९२ लाख २२ हजार रुपैयाँ कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । आइतबारसम्म सिनेमाको कमाइ ५ करोड नाघिसकेको छ । ‘जारी २’लाई कमाईमा टंक बुढाथोकीको डेव्यु निर्देशकिय ‘मन बिनाको धन’ले पछ्याइरहेको छ । यो सिनेमाको ९ दिनको कमाइ २ करोड ४३ लाख ३५ हजार रुपैयाँ ग्रस रहेको विकास बोर्डले जनाएको छ ।



प्रतिक्रिया