निर्माता संघको अध्यक्षमा उदय सुब्बा, महासचिवमा खगेन्द्र लामिछाने (मतसहित)

निर्माता संघको अध्यक्षमा उदय सुब्बा, महासचिवमा खगेन्द्र लामिछाने (मतसहित)


द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार राजधानीमा भएको संघको १९औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

सुब्बा १५३ मत ल्याउँदै विजयी भए । उनले अध्यक्षका अर्का उम्मेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । थापाले १२७ मत पाएका थिए ।

संघको महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए । आफ्ना प्रत्यासी किरण नेपालीलाई पराजित गर्दै गरेका हुन् । नेपालीले १२५ मत प्राप्त गरे ।

सचिवमा युवराज गिरी चयन भए । उनले १५९ मत पाए । उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत पाए ।

उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई तथा कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।

नौ जनाको सदस्य पदका लागि  श्रीधर पौडेल ,चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी,घनेन्द्र थपलिया,मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की सर्वसम्मत भएका छन् ।