द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अपुर्भ तामाङको स्वर र शब्द रचना तथा संगीत मनिष गुरुङको छ ।
जीटुवान डिजिटलको प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज ‘टिन स्पिरिट’लाई जीवन स्वार र सुनिल गुरुङले निर्देशन गरेका हुन् । सिरिजको सम्पादन हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले गरेका हुन् ।
यो सिरिजमा मलिकासहित लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ ।
असीम शाह मिनी सिरिज ‘टिन स्पिरिट’को निर्मातामा छन् । सिरिजको कथा सुनिल गुरुङले लेखेका हुन् । सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा रहेका छन् । सिरिजलाई नकुल सुनुवारले खिचेका हुन् ।
हिमालय टेलिभिजन मार्फत प्रशारण हुने सिरिज ‘टिन स्पिरिट’ युट्युबमा जीटुवान डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिनेछ ।


प्रतिक्रिया