आना शर्माको ‘रमिताको पिरति’ टिजर सार्वजनिक

आना शर्माको ‘रमिताको पिरति’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘रमिताको पिरति’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । लोकप्रिय गायक समिर श्रेष्ठले यो सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका हुन् ।

यो सिनेमाको टिजरमा आना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदनाका विभिन्न भावनात्मक अवस्था देखाइएको छ । जसले सिनेमाले एउटा युवतीको गहिरो कथा भन्ने संकेत गर्छ । यो टिजर हेर्दा सिनेमा केही फरक लाग्छ । एक यूवतीको मनोविज्ञानलाई सिनेमाले बोलेको देख्न सकिन्छ ।

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो सिनेमा विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ । अझै रोचक कुरा सिनेमालाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन् । यो सिनेमा भ्यालेन्टाइन डेको अवसर पारेर आगामी माघ २३ मा रिलिज हुँदैछ ।

अभिनेत्री आना शर्मा कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सागर लम्साल हुन् ।