पुष १० गते प्रदर्शनमा आउने ‘मुगलान’को गीत ‘मेरो प्रियतम्’ रिलिज

पुष १० गते प्रदर्शनमा आउने ‘मुगलान’को गीत ‘मेरो प्रियतम्’ रिलिज

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मुगलान’को गीत ‘मेरो प्रियतम्’ रिलिज भएको छ । सोमबार रिलिज गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल फिचर्ड छन् । उनीहरुको जोडी यो गीतमा निकै सुहाएको देखिन्छ ।

प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको गीतमा सिर्जना लम्सालको शब्द रचना तथा किरण भुसालको संगीत अनि रिदम कँडेलको संगीत संयोजन छ । यो गीतमा कोरियाग्राफी देवेन्द्र कुँवर र छायांकन अजय रेग्मीको छ । यसअघि ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरिएको थियो । जुन गीतलाई दर्शकले मन पराएका थिए ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सिनेमामा प्रभात र स्मारिकासहित श्री शिभान्सी, दिनेश डीसी, ामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (खबपु), रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाका निर्माता गोमन सिंह हुन् । यो सिनेमाको को-प्रोड्युसरमा रिता चौधरी छन् । तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको सिनेमामा रिदम कँडेलको बिजिएम, देवेन्द्र कुँवरको कोरियोग्राफी, अजय रेग्मीको डिओपी छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स युएनए इन्टरटेन्टमेन्ट किनेको छ ।