सिनेमा निर्माणमा ऐतिहासिक रेकर्ड कायम हुँदै

सिनेमा निर्माणमा ऐतिहासिक रेकर्ड कायम हुँदै


द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डको तथ्यांकले यो वर्ष सबैभन्दा धेरै सिनेमा बन्ने निश्चित देखिएको छ । अहिलेसम्मको दर्ता संख्या हेर्दा यो वर्ष ऐतिहासिक संख्यामा सिनेमा बन्ने निश्चित देखिएको हो ।

‘स्वदेशी सिनेमा निर्माणमा वार्षिक रूपमा उत्साहजनक वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कार्तिक) मा ७० सिनेमाले निर्माण इजाजत लिएर नयाँ रेकर्ड कायम गरेको छ,’ बोर्डले भनेको छ, ‘यसअघि कुनै पनि वर्षको पहिलो चौमासिकमा यति धेरै सिनेमाले इजाजत लिएको थिएन ।’

यो वर्ष पछिल्लो चौमासिकमा ७० वटा सिनेमाले निर्माणको इजाजत लिएका छन् । गत वर्ष यही समयमा ५१ वटा सिनेमाले निर्माणका लागि इजाजत लिएका थिए ।

पछिल्लो पाँच वर्षको पहिलो चौमासिक सिनेमा दर्ता विवरण :
२०७८/७९ – ३६ सिनेमा
२०७९/८० – ४७ सिनेमा
२०८०/८१ – ४७ सिनेमा
२०८१/८२ – ५१ सिनेमा
२०८२/८३ – ७० सिनेमा

‘यो तथ्यांकले नेपाली सिनेमा उद्योगमा नयाँ उत्साह, सम्भावना र सिर्जनशीलताको बढ्दो गतिलाई स्पष्ट देखाउँछ,’ बोर्डले भनेको छ, ‘चलचित्र विकास बोर्ड, नेपाल र नेपाली सिनेमाको प्रवद्र्धन, संरक्षण र विकासका लागि सदैव प्रतिबद्ध छ ।’