मंसिर २६ गते रिलिज हुने ‘पीआर’को शिर्षक गीत ‘पीआरको चक्कर’ले सार्वजनिक

मंसिर २६ गते रिलिज हुने ‘पीआर’को शिर्षक गीत ‘पीआरको चक्कर’ले सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा भएको सिनेमा ‘पीआर’को शिर्षक गीत ‘पीआरको चक्कर’ले सार्वजनिक भएको छ । यो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको भिडियोमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ ।

यो गीतमा मानस राजको संगीत तथा संगीतकार मानस राज र समिक्षा अधिकारीको स्वर र निर्देशक बस्नेतको कोरियोग्राफी रहेको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिनेछन् ।

प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’को प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् । सिनेमाका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । निर्माण पक्षका अनुसार सिनेमाले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ ।

मंगलबार गीत सार्वजनिक भएसँगै निर्देशक शोभित बस्नेतले सिनेमाले दर्शकलाई रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण दिन सफल हुने विश्वास व्यक्त गरेका छन् । सिनेमाको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ । छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् ।