द सिनेमा टाइम्स, काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित सिनेमा ‘झरिपछिको इन्द्रेणी’ नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्यमा बनेको सिनेमा हो । यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छ । त्यसैले यो सिनेमालाई कमप्याक्ड टिमको सिनेमा भन्न सकिन्छ ।
कुनै समय सानो र ठूलो पर्दामा राज गरेका कलाकारदेखि समाजको नयाँ अनुहारसम्म यो सिनेमामा देखिनेछ । गणेश उप्रेती दुई दशकअगाडि सानो पर्दामा एक चत्र राज गरेका कलाकार हुन् । उनी ठूलो पर्दामा पनि त्यतिकै लोकप्रिय थिए ।
अर्का कलाकार हुन्, रमेश उप्रेती । उनी आफ्नो समयमा ठूलो पर्दाका बाघ हुन् । यी दुई अनुभवी कलाकारको अभिनय यो सिनेमामा रहनेछ । ‘झरिपछिको इन्द्रेणी’ अर्जुन घिमिरेले निर्देशन गरेका छन् । उनको यो पहिलो फिचर सिनेमा निर्देशन हो । तर, उनी सानो पर्दाको बाघ हुन् ।
‘सक्किगोनी’जस्तो लोकप्रिय सिरयलका निर्देशक र कलाकार भएकाले उनको काम पनि यसमा देख्न पाइनेछ । कमेडीमा राज गरेका उनको कमेडीको अनुभवले पनि ‘झरिपछिको इन्द्रेणी’ हेर्न लायक सिनेमा हुने विश्वास छ ।
दीपाश्री निरौला उनी आफैँ कुशल निर्देशक र कलाकार हुन्, उनलाई पनि दर्शकले यो सिनेमामा देख्न पाउनेछन् । विमोचन दवाडी र जेसिका पोखरेल जसले यो सिनेमाबाट डेब्यू गर्दैछन् । उनीहरूको डेब्यु हुाँद दर्शकले फ्रेस अनुहार हेर्न पाउनेछन् । नयाँ कलाकारको नयाँ अभिनय हेर्न पाउनेछन् । त्यसैले यो सिनेमा नयाँ, पुराना, डेब्युलगायतको कमप्याक्ट टिमको सिनेमा हुनेछ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।
सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
आगामी पौष ४ गते देशब्यापी रिलिज हुने यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।


प्रतिक्रिया