‘आ बाट आमा’को टिजरले २ दिनमै पायो दश लाख भ्युज

‘आ बाट आमा’को टिजरले २ दिनमै पायो दश लाख भ्युज

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’को टिजरले २ दिनमै दश लाख भ्युज कटाउन सफल भएको छ । समाजिक सञ्जाल युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज पाएको हो ।

यो टिजरमा ५२ हजार लाइक तथा २१ सय भन्दा बढि कमेन्टमा सिनेमाको प्रतिक्षामा रहेको प्रतिक्रिया दर्शकको छ । युटुबमा एक कमेन्टकर्ता आशिष मल्ल ठकुरीले यो टिजरलाई एक सय ३ पटक हेर्दा पनि आफ्नो मन नभरिएको प्रतिक्रिया दिएका छन् । उनी लेख्छन्,‘१०३ सय चोटी हेरिसकेँ । म नै भरिएन । अब सिधै फिल्म हेर्ने छु । पल शाहको अभिनय यति उत्कृष्ट छ कि बयान गर्न सकिन्न ।’

अर्का कमेन्टकर्ता सुरज थापाले अभिनेत्री विपना थापाको जतिकै अभिनय गर्न कसैले नसक्ने दाबी गरेका छन् । उनी लेख्छन्,‘ बिपना थापा इज बेष्ट बिपना थापा । कसैले सक्छ त विपना थापा जतिको राम्रो अभिनय गर्न ?’ धेरैले ‘आ बाट आमा’नाम नै काफी भएको प्रतिक्रिया दिएका छन् ।

यो प्रतिक्रियाबाट निर्माण पक्ष पनि निकै उत्साहित देखिएको छ । परदेशिन लागेको छोराप्रति आमाबुबाको मनमा कस्तो हुन्छ भन्ने भाव सिनेमाको टिजरले झल्काएको छ । धेरै नेपालीको कथा बोलेको हुनाले पनि यो सिनेमाको टिजरलाई छोटो समयमा नै दर्शकले असाध्यै माया गरेका हुन् । टिजरमा विदेशिन लागेको छोराप्रति अभिनेत्री विपना थापा र प्रदीप रावतको कारुणिक रुवाईलाई दर्शकले मन भकानिन्छ ।

चितवन र काठमाडौंका विभिन्न स्थानमा खिचिएको सिनेमामा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् । आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई सिनेमाले बोल्ने छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको डिओपीमा नवराज उप्रेती रहेका छन् । कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत रहेको सिनेमा आगामी माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।