पौष १० गते रिलिज हुने प्रभात र स्मारिकाको ‘मुगलान’ ट्रेलर रिलिज

पौष १० गते रिलिज हुने प्रभात र स्मारिकाको ‘मुगलान’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष १० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मुगलान’को ट्रेलर रिलिज भएको छ । बिहिबार निर्माण टिमले २ मिनेट २४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा एक युवा राजनीतिक चपेटामा परेपछि परदेशिन बाध्य भएको कथालाई प्रस्तुत गरिएको छ ।

सिनेमाको कथाले विक्रम संवत २०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ । मुखियाको ऋण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्तो देख्छ । ताकी उसका बुबा आमा छैनन् । के भएर उनीहरु छैनन्, कसैले मारेकी कि वा अपहरणमा पारियो भन्ने कुरा भने सिनेमा हलमा चलेपछि नै थाहा होला ।

सिनेमाको ट्रेलरमा मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल प्रेम र बिछोडको कथा देख्न सकिन्छ । उनीहरु सहित सिनेमामा श्री शिभान्सी, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, खड्ग बहादुर पुन (खबपु) लगायतलाई देख्न सकिन्छ ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा आशिष ढकालको लेखन तथा निर्देशन छ । यो सिनेमाका निर्माता गोमन सिंह तथा को-प्रोड्युसर रिता चौधरी हुन् । सिनेमामा किरण भुषालको संगीत, शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरी गिरी (विमर्शी)को स्वर, आशिष ढकाल, सिर्जना लम्साल, हरी गिरी (विमशी)को शब्द रचना छ ।