आना र समिर फिचर्ड ‘रमिताको पिरती’को गीत ‘तिमी भए काफी’ सार्वजनिक

आना र समिर फिचर्ड ‘रमिताको पिरती’को गीत ‘तिमी भए काफी’ सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघको २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘रमिताको पिरती’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक रोमान्टिक गीतमा सिनेमाकी मुख्य अभिनेत्री आना शर्मा र डेव्यु अभिनेता समिर श्रेष्ठ फिचर्ड छन् ।

यो सिनेमा फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ । सिनेमाले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह-अवरोहलाई प्रस्तुत गरेको छ । अभिनेत्री आना शर्माको फरक शैली र गेटअप, सिनेमाको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका बिषयवस्तुहरु लोकप्रिय बनिरहेका छन् ।

सिनेमाको ‘तिमी भए काफी’ बोलको गीतमा अभिनेता समिर श्रेष्ठको स्वर तथा सास्वतको संगीत छ । सार्वजनिक गीतमा आना र समीरको रोमान्स हेर्न सकिन्छ । थाइल्याण्डको रमणीय लोकेशनमा खिचिएको गीतमा आना खुलेकी छिन् । सिनेमाको गीतमा कोरियोग्राफी तथा सिनेमाटोग्राफी लोभलाग्दो देखिन्छ । यो गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ ।

सुदिप्ताको डेव्यु निर्देशन रहेको सिनेमाका निर्माता सागर लम्साल हुन् । सिनेमामा आना र समिरसहित धिरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामो लगायतका कलाकारको अभिनय छ । निर्देशक सुदिप्ताकै लेखन रहेको सिनेमामा शिशिर विशंखेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।

अभिनेत्री आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।