द सिनेमा टाइम्स, काठमाडौं । गत सोमबार पूर्वी नेपालको इटहरीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा ‘नाकछोङ’ ट्रेलर सार्वजनिक गरिएको छ । किरण राईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको प्रदर्शन मिति घोषणा नहुँदै दर्शकमाझ ल्याइएको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ ।
पिताको निधनपछि उनको इच्छाअनुसार ‘आत्मा’ बाटो लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा (नाकछोङ)को कथामा सिनेमा आधारित छ । राई समुदायको संस्कार र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले सिनेमा निर्माण गरेको प्रस्तुतकर्ता ज्योतिराज राईले बताए ।
उनी भन्छन्, ‘सिनेमामार्फत हामीले राई समुदायको सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने प्रयास गरेका छौं ।’ सिनेमाको प्रदर्शन मिति चाँडै घोषणा गरिने पनि उनले जानकारी दिएका छन् ।
पोपीराज राई निर्माता रहेको सिनेमामा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई लगायतको अभिनय छ । सिनेमामा बाबु श्रेष्ठको छायांकन तथा दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीत छ ।


प्रतिक्रिया