द सिनेमा टाइम्स, काठमाडौं । सामाजीक राजनीतिक विषयमाथी निर्माण भएको सिनेमा ‘बिगुल’मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक भएको छ । सोमबार सार्वजनीक गरिएको गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । बेनीशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द तथा संगीत अर्जुन पोखरेलको हो ।
रमेश कोइरालाको निर्देशनमा निर्माण भएको ‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन् । आगामी माघ ९ गते प्रदर्शनबाट प्रदर्शनमा आउने सिनेमा पछिल्लो समय आइरहेको एकै खाले बग्रेल्ती सिनेमामा ‘बिगुल’ले भने राजनीति, परिवार, समाज, सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको देखिन्छ ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ । कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमाको पटकथा तथा संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।
शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् । सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता रहेको सिनेमाको बितरण काफिया फिल्मस् र श्री ब्यांकटेस इन्टरटेन्मेन्टले गर्नेछन ।


प्रतिक्रिया