द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाटदेशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सुशिल श्रेष्ठ र अञ्जना बराइली रोमान्टिक अवतारमा फिचर्ड छन् ।
बिहीबार सार्वजनिक लोकलयमा आधारित गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा मौसम अर्यालको शब्द रचना अनि संगीत निर्देशन गायक योगी र एरेञ्ज रिकेश गुरुङको छ । शिव ढकालले खिचेको यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न सकिन्छ ।
निर्देशक विजय केरुङले सिनेमाको गीतलाई दर्शकले मन दाबी गरेका छन् । ‘सिनेमाको कथा अनुसार कै गीतलाई रोजेका छौँ । गाउँघरको टिपिटकल शब्दलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ,’ उनले भने ।
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सुशील र अञ्जनासहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भुमिका रहेको छ । एक्सन तथा सस्पेन्स विधामा निर्माण गरिएको सिनेमालाई विजय केरूङले निर्देशन गरेका हुन् । दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको सिनेमाको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् ।
बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत रहने सिनेमामा श्री श्रेष्ठको द्धन्द्व निदेशन छ । सिनेमाको यसअघिको सार्वजनिक टिजर तथा पोस्टरले दर्शकमाझ कौतुहलता बढाइसकेको छ । यो सिनेमा वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।


प्रतिक्रिया