युट्युबमा रिलिज अशोक थापा मगर निर्देशित ‘खुस्मा’ले कस्तो पाइरहेको छ प्रतिक्रिया ?

युट्युबमा रिलिज अशोक थापा मगर निर्देशित ‘खुस्मा’ले कस्तो पाइरहेको छ प्रतिक्रिया ?

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको हिट सिनेमा ‘खुस्मा’ युट्युबमा रिलिज भएको छ । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको सिनेमाले हल रिलिजमा दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । यो सिनेमाबाट अभिनेत्री उपासना सिंह ठकुरीले सर्वोउत्कृष्ट अभिनेत्री विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेकी थिइन् ।

गत मंगलबार केन्द्र मोसन पिक्चर्सको युट्युबमा रिलिज भएको यो सिनेमाले दुई दिनमा १० लाख बढि भ्युजसहित ५९ हजार लाइक र २ हजार बढि प्रतिक्रिया बटुलेको छ । जसमा अधिकांशले सिनेमाको कथावस्तु र निर्देशकिय पक्षको तारिफ गरेका छन् ।

यो सिनेमालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् । यसले नेपाली बक्सअफिसमा करिब ७ करोड ग्रसकलेक्सन गरेको व्यापारिक आँकडा वितरकले सार्वजनिक गरेका थिए । निर्देशक थापा मगरले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका छन् । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाएको छ ।

एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । यही टिमले निर्माण गर्ने अर्को सिनेमा जलाकी अहिले प्रि–प्रोडक्सनमा छ । ‘जलाकी’को गत वर्ष चैतेदशैंको अवसरमा केही प्रतिशत छायांकन समेत गरिएको थियो ।