एक हप्तामा ‘झरीपछिको इन्द्रेणी’को कमाई ६२ लाख, अन्य सिनेमाको कति ?

एक हप्तामा ‘झरीपछिको इन्द्रेणी’को कमाई ६२ लाख, अन्य सिनेमाको कति ?

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली हलमा प्रदर्शनरत सिनेमाको आधिकारिक बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्ड हरेक हप्ताको सोमबार नेपाली हलमा प्रदर्शनरत स्वदेशी तथा विदेशी सिनेमाको बक्सअफिस कमाई सार्वजनिक गर्दै आइरहेको छ ।

सोही अनुसार गत शनिबारसम्म राति ११ः५९ सिनेमा घरमा प्रदर्शनरत नेपाली तथा विदेशी सिनेमाले गरेको कमाई सार्वजनिक गरिएको हो । जसमा नेपाली सिनेमा तर्फ ‘झरीपछिको इन्द्रेणी’ देखि ‘परान’, ‘हर्ष’, ‘अभिमन्यु : च्याप्टर वान’, ‘पीआर’, ‘लोकन्ती’ र चिराग’ छन् । विदेशी तर्फ ‘तेरे इश्क में’, ‘धुरन्धर’, ‘अवतार ३’, ‘सोले : द फाइनल कट’ र ‘मिलियन भ्यूज’ छन् ।

गत पौष ४ गतेबाट बलिउड सिनेमा ‘धुरन्धर’ र हलिउड सिनेमा ‘अवतार ३’को चेपुवा कारण न्युन शोसहित प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ले बक्सअफिसमा अहिलेसम्म ६२ लाख ६९ हजार ग्रस कलेकसन गरेको छ । उपलब्ध शो अनुसार सिनेमाको यो कमाई राम्रो हो । दर्शकको उत्कृष्ट ‘वर्डअफ माउथ’ले गत शनिबार रातीसम्म ६२ लाख ६९ हजार ४७५ ग्रस कमाएको हो । यो अवधिमा अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाका १९ हजार ७९३ टिकट बिक्रि भएका छन् ।

दीपक प्रसाद आचार्य ‘काकु’को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’ले अहिलेसम्म १७ करोड ६७ लाख पाच हजार दुई सय २८ रुपैयाँ कलेक्सन गरेको छ । हालसम्म सिनेमाको ६ लाख २७ हजार ५ सय ८५ टिकट बिक्री भएका छन् ।

एकता पौडेलको डेव्यु निर्देशन तथा खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमा ‘हर्ष’ले २८ लाख ७८ हजार ८ सय ३६ रुपैयाँ कमाएको छ । यो सिनेमाको शनिबारसम्म ८ हजार ८ सय ६८ टिकट बिक्री भएका छन् ।

संगीतकार सुशान्त गौतमको डेव्यु निर्देशन तथा पूर्णबहादुरको सारङ्गी निर्माता विनोद पौडेलको लगानीमा निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर वान’को शनिबारसम्म ६ हजार ८ सय ६१ टिकट बिक्री भएका छन् । सिनेमाले हालसम्म २१ लाख ५० हजार चार सय २ रुपैयाँ कमाएको छ ।

यता, शोभित बस्नेत निर्देशित सिनेमा ‘पीआर’ले गत शनिबार रातिसम्म ६ लाख ७५ हजार ३३ रुपैयाँ कमाएको छ । सिनेमाको शनिबारसम्म २ हजार १ सय ४१ ओटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ । यो सिनेमाको धेरैजसो छायांकन अष्ट्रेलिया र केही प्रतिशत छायांका नेपालमा गरिएको थियो । यो सिनेमा गत बिहीबारबाट एमएसएम भिडियोमा रिलिज भैसकेको छ ।

‘पीआर’सँगै प्रदर्शनमा आएको अर्को सिनेमा ‘लोकन्ती’ले शनिबार रातिसम्म १४ सय २१ ओटा टिकट बिक्री भएको छ । रञ्जित रानाको निर्देशनमा निर्माण भएको सिनेमाले हालसम्म ४ लाख १२ हजार ५ सय ४० रुपैयाँ कमाएको छ ।

‘पीआर’ र ‘लोकन्ती’सँगै प्रदर्शनमामा आएको अर्को सिनेमा ‘चिराग’को जम्मा ३ सय ३० टिकट बिक्री भएको छ । त्यागमूर्तीको अभिनय तथा निर्देशन रहेको सिनेमाले शनिबार रातिसम्म ६८ हजार ४ सय ५० रुपैयाँ कमाउन सफल भएको छ ।

यता, विदेशी सिनेमा तर्फ धुरन्धरले २ लाख ७४ हजार ७ सय २३ टिकटसहित ८ करोड ९९ लाख ९३ हजार २८८ ग्रस, ‘अवतार ३’ले १ लाख १४ हजार ३१ टिकटसहित ४ करोड ६५ लाख ७५ हजार ४७० ग्रस, ‘तेरे इशक में’ले १ लाख १५ हजार ५ सय ३७ टिकटसहित ३ करोड ६२ लाख ७ हजार ५८८ ग्रस, ‘सोले : द फाइनल कट’ले ९ सय ३३ टिकटसहित २ लाख २४ हजार ९५० ग्रस र मिलियन भ्यूजले ४७ टिकटसहित १९ हजार २५० ग्रस कमाई गरेका छन् ।