द सिनेमा टाइम्स, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जना कलाकारलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ ।
अभिनेता तथा निर्देशक आसिफ शाह, गायक प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, अभिनेत्री रिमा विश्वकर्मा, गायिका सत्यकला राईलाई रास्वपाले बन्दसूचीमा राखेको हो । पूर्व मिस नेपाल अनुष्का श्रेषठको नाम पनि बन्दसूचीमा रहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले समानुपातिकतर्फ ६ कलाकारलाई उमेरदवार बनाएको हो ।
यसमध्ये कति सांसद हुने हुन्, त्यो भने प्रतिक्षाको विषय बनेको छ । रास्वपाले जति धेरै समानुपातिकमा भोट ल्याउनेछ, त्यति नै उनीहरू उमेरदवार बन्ने सम्भावना धेरै हुन्छ ।


प्रतिक्रिया