द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २१ सकेण्ड लामो मर्मस्पर्शी ट्रेलर रिलिज गरिएको हो ।
गाउँमा हाँसीखेली हुर्किएको मुख्य पात्र सपना पूरा गर्न सहर पसेपछि पैसा कमाउने क्रममा उसले गर्नुपर्ने थरीका चुनौतिको सामनाका बीच के यो पात्रले आफ्नो सपना पूरा गर्न सक्ला ? भन्ने कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको देखिन्छ । सिनेमाको केन्द्रमा मरिचमान स्वंयम छन् । यो सिनेमाबाट निर्देशन समेत पाइला चालेका मरिचमान चर्चित टिभी श्रृंखलाहरूको अभिनय र निर्देशकमा सफल भएपछि ठूलो पर्दामा अघि बढेका हुन् ।
कथानक सिनेमामा यो उनको डेब्यू निर्देशन, लेखन र अभिनयसमेत छ । टिभी श्रृंखलामार्फत सामाजिक कथावस्तुलाई दर्शकमाझ पस्किएका बल्छी धुर्बे पात्रका सानो पर्दामा चर्चित छ । ‘गोबर गणेश’बाट उनको करिअरमा दोस्रो इनिङ्स सुरु भएको छ । यो सिनेमाको व्यापारले बल्छीको नेपाली रजतपट यात्राको निर्धारण गर्नेछ ।
बल्छी धुर्वे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको सिनेमामा बल्छी र वर्षा सिवाकोटीसहित विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय छ ।
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन र ओएसआर डिजिटल पाटर्नर रहेको सिनेमाको वितरण श्री ब्यांकटेस इन्टरटेनमेन्टले गर्नेछ ।


प्रतिक्रिया