सन्तोष कुमार आत्रेय निर्देशित ‘शिवांश’को टिजर सार्वजनिक

सन्तोष कुमार आत्रेय निर्देशित ‘शिवांश’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष कुमार आत्रेयको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक टिजरमा ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’बाट सुरु हुने टिजर छोटो मिठो लाग्छ ।

यो टिजरमा सिनेमाका मुख्य कलाकार प्रवीण खतिवडा सन्तको भूमिकामा देखिएका छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ । ओजपूर्ण आवाज, कलर, दृश्य र संवादसहितको टिजरले कौतुहतता सिर्जना गरेको छ । सिनेमाको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन । टिजरमा पनि कथा सस्पेन्स नै छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको यो सिनेमा महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेबाट देशव्यापी रिलिज हुनेछ । अञ्जान केसीको लगानी रहेको सिनेमामा प्रवीणसहित तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दन लगायतका कलाकारको अभिनय छ ।

सिनेमाको कथा अञ्जान केसीले लेखेका हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी तथा स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर, मिलन श्रेष्ठको द्धन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी छ ।

मिलन मानन्धर प्रोडक्सन म्यानेजर तथा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, विराज खड्का भीएफएक्स डिरेक्टर तथा सुपरभाइजर र भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स), कस्ट्युम डिजाइन कमल मिश्र अनि बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टर सुलक्षण भारती, शरद महतोको डीओपी र कार्यकारी निर्माता शम्भू थापा छन् ।