चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को दोस्रो गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को दोस्रो गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’को दोस्रो गीत रिलिज भएको छ । माघे संक्रान्तीको अवसर पारेर सिनेमाको ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भावले परदेशिन लागेको युवाको कथालाई प्रस्टयाएको छ । भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ । गीतको भाव अनुसार उनीहरुको अभिनय सुहाउँदिलो देखिन्छ ।

करण परियार र शान्तिश्री परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द रचना तथा संगीत छ । यो गीतको एरेञ्ज विशाल निरौलाले गरेका हुन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा गजित बिष्ट र बेगम नेपालीको पनि मुख्य भूमिका रहेको छ । चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथा रहेको सिनेमाको संवाद लेखनमा अभिमन्यू निरवीलाई अमर न्यौपाने, निर्देशक पन्तले सहकार्य गरेका छन् । सिनेमामा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ ।

नवराज उप्रेतीको डिओपी रहेको सिनेमामा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।

करण सिंह रसाइली सिनेमाका कार्यकारी निर्माता हुन् । मिलन श्रेष्ठको सम्पादन, गम्भिर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी, साहिल खानको ट्रेलर र टिजर सम्पादन रहेको सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्दैछ ।