द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘शिवांश’को गीत सार्वजनिक भएको छ । ‘बैंश भुसुक्कै’बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका हुन् ।
लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ । प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ गीतमा छ । गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षण रहेको गीतको भिजुअलमा निर्माणपक्षले मेहनत गरेको छ ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् । विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा सिनेमाका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ ।
सिनेमामा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपान, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दनको अभिनय छ । सिनेमाको कथा अञ्जान केसीले लेखेका छन् । सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको तथा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ । सिनेमामा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको कोरियोग्राफी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, प्रतीक चौधरी आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा छन् ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको सिनेमामा भीएफएक्स प्रोड्युसरमा आदेश सुब्बा (गुडरेज पिक्चर्स), कमल मिश्रको कस्ट्युम डिजाइन, एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको छ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्र चौतारीले पोस्ट प्रोडक्सन रहेको सिनेमाको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।


प्रतिक्रिया