चन्द्र पन्तको ‘आ बाट आमा’ युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास

चन्द्र पन्तको ‘आ बाट आमा’ युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यो शुक्रबार अर्थात् माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’ सेन्सर पास भएको छ । सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमा युनिभर्सल सर्टिफिकेट पाएको हो ।

यो सिनेमा सबै उमेरका दर्शकले सजिलै हेर्न पाउने छन् । सिनेमाका निर्देशक चन्द्र पन्तले सेन्सर पासभएसँगै सबै उमेरका दर्शकलाई लक्षित सिनेमा निर्माण गरेको बताए । उनी भन्छन्, ‘सिनेमाको सेन्सर पास भएको छ । यो खुशीको कुरा हो । अब सबै उमेरका दर्शकले यो सिनेमा हेर्न सक्नु हुनेछ । किनभने यो सिनेमाको नाम नै ‘आ बाट आमा’ हो ।’

यो सिनेमाका कारकारद्धय अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत भारतबाट प्रचार प्रसारका लागि नेपालमै छन् । उनीहरु आफ्नो सिनेमा प्रचारलाई जतिसक्दो जनमानसमा पुर्‍याउने प्रयास गरिरहेका छन् । नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती, सिमरन पन्त पनि उतिकै जोडतोडका साथ प्रचारमा लागेको देखिन्छन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ । गम्भिर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी, अभिमन्यू निरवीको पटकथा तथा संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य रहेको सिनेमामा नवराज उप्रेतीले खिचेका हुन् ।

कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको सिनेमाका कार्यकारी निर्मातामा करण सिंह रसाली छन् । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको सिनेमामा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ ।

यो सिनेमामा समावेश गीत ‘लैजा खबर ए हावा’ले दर्शकमाझ लोकप्रिय रहेको छ । सिनेमाको सम्पादन मिलन श्रेष्ठ तथा ट्रेलर र टिजर सम्पादन शाहिल खानले गरेका छन् । सिनेमाको वितरण आरआर फिल्मस् र डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ ।