द सिनेमा टाइम्स, काठमाडौं । सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत ‘ए साइँला दाई’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले लोकलयमा आधारित यो गीत सार्वजनिक गरेको हो । झ्याउरे भाकाको प्रसंगदेखि प्रेममा रहेका जोडीले एकअर्काको तारिफ गरेको गीतमा सुन्न सकिन्छ ।
सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द रचना तथा संगीत अनि सविन सुवेदी र युक्ती विमलीले स्वर छ । ठेट नेपाली शब्द, मौलिक भाका र लोकलयले गीतलाई मिठासपूर्ण बनाएको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यलाई देख्न सकिन्छ । उनीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
फिल्म रेञ्जको व्यानरमा निर्माण भएको यो सिनेमामा आशीर्वाद र निकितासहित लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह सिनेमाकी निर्मात्री हुन् ।
आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको पारिवारिक सम्बन्धको कथामा आधारित सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ ।
सिनेमाका गीतमा वसन्त र रञ्जीत गजमेरले संगीत दिएका छन् ।


प्रतिक्रिया