द सिनेमा टाइम्स, काठमाडौं । गत पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्देणी’ टिमले हिजो शनिबार राजधानीमा ५१ औं दिनको अवसरमा मिडिया संयोजक स्वर्गिय दिनेश सिटौलालाई श्रद्धाञ्जली अर्पण गरेको छ । मिडिया संयोजक सिटौलाको निधनको ७ औं दिनमा ५१ औं दिनको परेकाले उनलाई सम्झिँदै ‘दिनेश सिटौला स्मृति पुरस्कार’को समेत घोषणा गरियो ।
गत माघ १८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा ‘ब्रेन ह्यामरेज’का कारण दिवङ्गत हुनुभएका चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको स्मृतिमा ‘दिनेश सिटौला स्मृति पुरस्कार’ स्थापना भएको हो । स्वर्गीय सिटौलाले प्रेस संयोजकका रूपमा काम गर्नुभएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ ले ५१औं दिन पूरा गरेको अवसरमा निर्देशक अर्जुन घिमिरेले स्मृति पुरस्कारको घोषणा गरेका हुन् ।
सिनेमाको निर्माण टिमले उनको सम्झनामा निर्माण गरिएको अक्षय कोषमा नगद १० लाख सहयोग समेत गरेका छ । सोही कार्यक्रममा उपस्थित अन्य कलाकार र पाहुलाले समेत यो कोषमा सहयो घोषणा गरेका थिए । हिजो कोषको घोषणा भएसँगै करिब २० लाख आसपास सहयोग रकम जम्मा भएको निर्देशक अर्जुन घिमिरे पाँडेले बताए ।
‘हामीले चलत्रित्र पत्रकार सिटौलालाई सदैव जिवित राख्न कोषको सुरुवात गर्दै हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने तयारी गरेका छौं,’ उनले भने ।
उहाँले भन्नुभयो, ‘स्व. सिटौलाले कला विधामा पत्रकारिता गरिरहेकालाई प्रोत्साहन गरिरहनु हुन्थ्यो, सोही कारण हामीले यसको सुरुआत गर्न लागेका हौं । हामीले अहिले १० लाख रुपैयाँ राखेर यसको सुरुआत गर्नेछौं, आगामी दिनमा दाताहरुको सहयोगमा यसलाई ठूलो बनाउने छौं ।’
यो स्मृति पुरस्कारमा संरक्षकका रुपमा निर्देशक घिमिरेसँगै अभियन्ता कुमार बेन र चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी रहनेछन् । निर्माण टिमका अनुसार सहयोगी दाताहरूले घोषणा गर्नुभएको रकम कोष स्थापना गरेर जम्मा गरिनेछ ।


प्रतिक्रिया