निखिल र वर्षालाई मुख्य भूमिकामा लिएर ऋत बोहोराले सुरु गरे ‘कस्तुरी’ छायांकन

निखिल र वर्षालाई मुख्य भूमिकामा लिएर ऋत बोहोराले सुरु गरे ‘कस्तुरी’ छायांकन

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ऋत बोहोराको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘कस्तुरी’को शुभमुहूर्त गर्दै छायांकन थालिएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ । गत मंगलबार शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले सिनेमाको सुटिङ थालिएको जानकारी दिए । ‘हामीले आजैबाट सिनेमाको छायांकन थालेका छौं,’ उनले भने ।

यो सिनेमाको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन् । सिनेमाले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्ने बताइएको छ । यो सिनेमानबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन् ।

अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहने सिनेमामा शेखर चापागाई, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहनेछ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको कथा ऋत बोहोराले नै लेखेका हुन् । यो सिनेमाका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को-प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन् । सिनेमाका छायांकार आलोक शुक्ला तथा प्रमुख सह-निर्देशक ललित बिष्ट, संगीतकार प्रशान्त शिवाकोटी र निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन् ।