वैशाख १८ गते प्रदर्शन मिति घोषणा गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक

वैशाख १८ गते प्रदर्शन मिति घोषणा गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजानिक टिजरमा सिनेमाको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिइएको हो ।

बर्दियाको राजापुरमा छायांकन गरिएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यो सिनेमाबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

निर्देशक थापाको कथा लेखन रहेको ‘लालीबजार’को पटकथा तथा संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । सिनेमामा कार्यकारी निर्माता प्रदीप भट्टराई तथा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।