तीन हजार यौनकर्मीको अनुभवमा आधारित ‘लालिमा’ टिजर सार्वजनिक

तीन हजार यौनकर्मीको अनुभवमा आधारित ‘लालिमा’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको सिनेमा ‘लालिमा’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।

टिजरमा सिनेमाकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको दृश्य उक्त टिजरमा देख्न सकिन्छ ।

टिजरमा सिनेमाको कथा सस्पेन्स राखिएको छ ।

‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो सिनेमा तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो ।

सिनेमामा रोशनीसहित नायकहरु शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।

फेथ आस्थाले निर्माण गरेको यस सिनेमाको कार्यकारी निर्माता रीना लामा हुन् ।