‘हामी तीन भाइ’को लिरिकल गीत रिलिज

‘हामी तीन भाइ’को लिरिकल गीत रिलिज

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हामी तीन भाइ’को लिरिकल गीत रिलिज भएको छ । महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले सिनेमाको मार्मिक गीत ‘मैले जति दुःख, पिढा, कष्ट पाको भए’ गीत रिलिज गरेको हो ।

संगीतकार बाबुल गिरीको संगीत, शब्द रचना तथा स्वर रहेको गीतले आफ्नो दुःख बेदना र संघर्षको कथालाई सुनाउँछ । आफ्नो दुःख कष्ट अरुले पाको भए सायद भगवान पनि रुन्थेँ भन्ने भाव गीतले प्रस्तुत गरेको छ । गीतका शब्द मार्मिक सुनिन्छन् । यो गीतले सिनेमाको कथासार बुझाउन खोजिएको देखिन्छ ।

मधुसुदन भट्टराई निर्देशित सिनेमामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनको अभिनय छ ।

प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ तथा कार्यकारी निर्माता विक्रम तामाङ अनि सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे र विशेष सहयोगीमा शम्भु कुमार केसी छन् । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

शिव ढकालले खिचेको सिनेमाको सम्पादन बनिश शाह, संगीत साप शक्ति, बाबुल गिरी, कोरियोग्राफर कमल राई, इन्द्र देव महर्जन, पाश्र्व संगीत सम्राट थापा, ध्वनी मिश्रण मुकेश शाह, रंग संयोजक रेनिश फागोको छ ।

सिनेमाको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल, द्वन्द्ध निर्देशन देव महर्जन, भिएफएक्स समिर मिँया, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा) हुन् ।