फागुन २९ गते रिलिज हुने ‘लालिमा’को गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

फागुन २९ गते रिलिज हुने ‘लालिमा’को गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार अभिनेत्री रोशनी कार्की र अभिनेता जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो।

अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका सिनेमाका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ।

गीतको भिडियोमा अभिनेत्री रोशनी र अभिनेता जीवन भट्टराईको द्वन्द्व-रोमान्स देख्न सकिन्छ । रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ।

यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी छन् । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरका हुन् । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो । रोशन मिराजको लेखन/निर्देशनमा बनेको यस सिनेमामा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौला लगायतको अभिनय रहेको छ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस सिनेमाकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो सिनेमा वितरण गर्दैछ । अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै सिनेमा हो ।