एभरेष्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने

एभरेष्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहराको निर्देशनमा निर्माण भएको सिनेमा ‘चमेलीको पोइ’ पूर्वघोषित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भनिएको सिनेमा अब यो मितिमा नआउने निर्माता राम नारायण उपाध्यायले जानकारी दिए ।

देशको वर्तमान राजनीतिक परिस्थिति र निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै सिनेमाको प्रदर्शन मिति स्थगित गरिएको उनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘हामी सिनेमा प्रदर्शनको लागि शान्तिपूर्ण र अनुकूल वातावरणको प्रतिक्षामा छौं, जसले सिनेमाको प्रदर्शनलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छौं । सिनेमाको नयाँ प्रदर्शन मिति छिट्टै मिडियामार्फत सार्वजनिक गर्नेछौं ।’

निर्माता उपाध्यायले समयमै सिनेमा निर्माण सम्पन्न गरेकोमा निर्देशक बोहरालाई पनि धन्यवाद दिएका छन् । सुनिता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको सिनेमामा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतको अभिनय देख्न सकिनेछ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमामा निर्देशक बोहराको कथा, शिवम् अधिकारीको पटकथा तथा शेरबहादुर तामाङको छायांकन रहेको छ । सामाजिक कमेडी कथावस्तुमा आधारित सिनेमामा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्मातामा तथा सह–निर्माताहरू प्रदीप कुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर छन् ।