द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पारस’को मुख्य भूमिकामा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित छन् । गत बुधबार निर्माण टिमले सिनेमामा निरुता सिंहलाई अनुबन्धित गरेको दुई दिनमा नै सुशीललाई अनुबन्धित गरेको हो ।
निर्देशक कृषाले सुशीलसँगको फोटो सेयर गर्दै ‘पारस’मा सुशीललाई अनुबन्ध गरेको जानकारी दिएकी छन् । उनी लेख्छिन्, ‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ ।’ उनले सुशील आएपछि पारस राम्रो सिनेमा बन्न सक्ने बताएकी छन् ।
यसअघि यो सिनेमामा निखिल उप्रेती अनुबन्धि भइसकेका छन् । निखिल पछि सिनेमामा जसिता गुरुङ, प्रियंका कार्की, निरुता सिंहलाई निर्माण टिमले सिनेमाका लागि अनुबन्ध गरिसकेको छ । यो हेर्दा निर्देशक चौलागाईले सिनेमालाई नेपालमा बनेका पछिल्ला सिनेमाको तुलनामा उत्कृष्ट बनाउने देखिन्छ ।
यसअघि सामाजिक कथामा निर्माण भएको सिनेमा ‘ऐँचो पैँचो’ र एक्सन जनराको सिनेमा ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन् । अब उनी यी सिनेमामा भएका कमी कमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय सिनेमा ‘पारस’लाई उत्कृट बनाउने दौडमा छिन् ।
एक्सन र लभस्टोरी कथामा आधारित सिनेमालाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । उनले सन् २०१२ को चर्चित भारतीय सिनेमा ‘ग्याङ्स अफ वासेपुर’को भाग १ र २ को पटकथा लेखनमा निर्देशक अनुराज कश्यपसँग सहकार्य गरेका थिए । आगामी फागुन २१ ग्तेबो चुनाव लगत्तै यो सिनेमाको छायांकन सुरु गर्ने तयारी कृषाको तयारी छ ।


प्रतिक्रिया