धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कार्की साइँला’को छायांकन सुरु भएको छ । निर्माण टिमले मंगलबारबाट धनकुटाबाट सिनेमाको छायांकन थालेको हो ।

छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकार उपस्थित भइसकेका छन् । निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा सिनेमाको छायांकन धनकुटा, बराहक्षेत्र र चतरामा हुने बताए ।

यो सिनेमामा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुने निर्माण पक्षले जानकारी दिएका छन् । यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन् । ‘सक्किगोनी’ टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो ।

कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने सिनेमामा बालकुमार राई निर्माता रहेका छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको सिनेमामा मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राई र द्वन्द्व निर्देशन किरण दाहाल, संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको रहनेछ । सिनेमाको रिलिज मिति छायांकन सकेपछि तोक्ने बताइएको छ ।