द सिनेमा टाइम्स, काठमाडौं । प्रेमकथामा आधारित नेपाली सिनेमा ‘प्रेम गीता’को पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार सिनेमाको कथावस्तु झल्किने पोस्टर सार्वजनिक गरिएको हो । यो पोस्टरमा जाहन्वी बस्नेत र साजिद खानलाई रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ । पोस्टरले सिनेमा प्रेम तथा संगीतमा केन्द्रित रहेको संकेत गरेको छ ।
यो सिनेमामार्फत साजिद खानले डेव्यु गरेका छन् । सिनेमामा जाहन्वी र साजिदसहित सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारको अभिनय छ ।
अर्नव बस्नेतको प्रस्तुती रहेको सिनेमाको कथा सिताराम ढुङ्गेल र पटकथा तथा संवाद मौनता श्रेष्ठले लेखेका हुन् ।
सिनेमामा दिप्सन लिम्बूको संगीत, रामेश्वर हुमागाईको डिओपी, सुरेश पाण्डेको कोरियोग्राफी, किरण दाहालको द्धन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, प्रबिन ढकालको रंग सयोजन र मुकेश शाहको मिक्सिङ रहेको सिनेमाको सहायक निर्देशक सागर बोहोरा र मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् ।
निर्देशक बस्नेतका अनुसार सिनेमाले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ । प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने बताइएको छ ।



प्रतिक्रिया