द सिनेमा टाइम्स, काठमाडौं । फागु पुर्णिमाको अवसरमा सिनेमा ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ । निर्माण टिमले सोमबार सिनेमाको १ मिनेट २४ सकेण्ड लामो टिजर रिलिज गरेको हो ।
सार्वजनिक टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । बिनोद न्यौपाने, कुशल बिष्ट र फलित राई एकदमै मिलेका छन् । उनीहरु खेतबारी बारी गोरुले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन् । उनीहरु त्यतिधेरै मिल्छन् । सानैमा बुबाआमा मृत्यु पश्चात उनीहरुको अभिभावक नैं दाजु हो ।
आमा बुबाको माया नपाएका यी तीन भाईमध्ये दाजु बिनोदसँग खटपट पर्छ । टिजरले मिलेर बसेका दाजुभाई विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गर्छ । नेपाली समाजको कथालाई निर्देशक मधुसुधन भट्टराईले देखाएका छन् । टिजरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, फलित राई, राजाराम पौडेल, रविन्द्र झा लगायतलाई देख्न सकिन्छ ।
मधुसुदन भट्टराई निर्देशित सिनेमामा आश्मा गिरी, जाहन्वी बस्नेत, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनको अभिनय छ ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ तथा कार्यकारी निर्माता विक्रम तामाङ अनि सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे छन् । सिनेमाका विशेष सहयोगी शम्भु कुमार केसी हुन् ।
साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालले खिचेको सिनेमाको सम्पादन बनिश शाह, संगीत साप शक्ति, बाबुल गिरी, कोरियोग्राफी कमल राई, रंग संयोजक रेनिश फागो मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल र द्धन्द्ध निर्देशक देव महर्जन गरेका छन् । यो सिनेमा आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने छ ।


प्रतिक्रिया