चैत १३ गते रिलिज हुने ‘हामी तीन भाइ’को गीत ‘झम्के फुली’ भक्तपुरको गुण्डुमा खिचियो

चैत १३ गते रिलिज हुने ‘हामी तीन भाइ’को गीत ‘झम्के फुली’ भक्तपुरको गुण्डुमा खिचियो

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मधुसुदन भट्टराईको कथा तथा निर्देशन रहेको सिनेमा ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा शनिबार निर्माण पक्षले भक्तपुरको गुण्डुमा रहेको पलाञ्चोक भगवती मन्दिरमा नयाँ गीत ‘झम्के फुली’को छायांकन गरेको छ । लोकलयमा आधारित यो गीत केही दिनमै सार्वजनिक गरिँदैछ ।

दाजुभाइबीचको सम्बन्धको कथामा आधारित सिनेमाको यो गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ । संगीत साप शक्ति स्वयंको हो भने शब्द सुवलमणि सापकोटाले लेखेका हुन् । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू कुशल विष्ट, फलित राई, आश्मा गिरी र जाह्नवी बस्नेतले नृत्य गरेका छन् । ग्रामीण परिवेश र रहनसहन झल्काउने शैलीमा भिडियो तयार पारिएको जनाइएको छ ।

प्रसिद्धि सिने आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । यसका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् ।

साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाको कार्यकारी निर्मातामा विक्रम तामाङ छन् भने सह-निर्माताहरू भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे हुन् । सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन तथा बाबुल गिरीको संगीत रहेको छ ।