द सिनेमा टाइम्स, काठमाडौं । आकाश बराल र साजन काफ्लेको निर्देशनमा निर्माण हुने सिनेमा ‘जिरो डिग्री’को छायांकन सुरु भएको छ । अभिनेता विजय बरालको मुख्य भूमिका रहने यो सिनेमाको आइतबार बिहान पोखरा महानगरपालिका-१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।
सिनेमाको मुहूर्त सटमा विजयसहित प्रकाश घिमिरे, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए । सिनेमामा सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, संजोग रसाइली, प्रवेश महतरा क्षेत्री, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल लगायतका कलाकारको अभिनय रहनेछ ।
सिनेमामा निर्देशकद्वय बराल र काफ्ले स्वयंको लेखन छ भने कास्टिङ डिरेक्सन संजोग रसाइलीले गरेका हुन् । ‘जिरो डिग्री’को कथावस्तु निकै नौलो र रोचक छ । सडक सञ्जालले नछोएको एक गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई सिनेमामा प्रस्तुत गरिनेछ ।
निर्देशक काफ्लेका अनुसार सिनेमामा फ्रिज गाउँसम्म र्पुयाउने प्रसंग मात्र नभइ लाइट कमेडी कथा पनि रहेको छ । मोती कार्की कार्यकारी निर्माता रहेको सिनेमामा निशाल पौडेलको छायांकन चानस पुन मगरको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ ।
सिनेमामा अंकित बाबु अधिकारीको संगीत तथा युवराज काफ्लेको शब्द रचना रहेको छ । सिनेमाको पब्लिसिटी डिजाइन रोयल भिमसेनको ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।


प्रतिक्रिया