चैत १३ गते रिलिज हुने ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक

चैत १३ गते रिलिज हुने ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १३ गते राम नवमीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक झण्डै चार मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक प्रस्तुत गरेको हो।

विवाहपछि दाजुभाइबीच पैतृक सम्पत्ति (जग्गा)को भागबण्डालाई लिएर हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ ।

मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी, विरेन श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता साजित महत हुन् । त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता तथा विक्रम तामाङ कार्यकारी निर्माता रहेको सिनेमाका सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् ।

निर्देशक मधुसुदन भट्टराईको कथा रहेको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको नृत्य निर्देशन तथा साप शक्ति र बाबुल गिरीको संगीत छ ।